×
ताजा जानकारी
कार्यालय बारेमा

संघियता लागु भए पश्चात प्रदेश सरकार सूदुरपश्चिम  प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत वि.सं. २०७४ मा स्थापना भएको यो कार्यालय कैलाली जिल्लाको धनगढीमा अवस्थित छ । यो कार्यालयको कार्यक्षेत्र सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका भुमिगत सिंचाईका लागि सम्भाव्य क्षेत्रहरु पर्दछन । यस कार्यालयको उद्देश्य सतह सिंचाईको वैकल्पिक स्रोत नभएका क्षेत्रहरुमा र संयोजनात्मक सिचाईका लागि स्यालो तथा डिप ट्युववेलहरुको निर्माण गरी सिंचित क्षेत्रहरुको विकास गर्नु र कृषि योग्य जमिनमा सिंचाईको लागि बाह्रै महिना पानी उपलब्ध गराई कृषि उत्पादनमा वृद्धि गर्नु रहेको छ ।